२०८१ आश्विन ३० , बुधवार

सामान्य बढ्यो नेप्से परिसूचक,पौने चार अर्बको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

दसैं विदाअघि नेप्से परिसूचक समान्य बढेको छ। बुधबार अन्तर दिनको कारोबारमा उच्च उतार चढाव देखिएको बजार बन्द हुँदा सामान्य बढेको हाे।नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ विन्दुमा आएर बजार बन्द भएको छ।

केही समयदेखि २७ सयको विन्दुमा प्रतिरोध पाइरहेको नेप्सेले बुधवार पनि त्यो तह आसपास पुगेपनि असफल भयो। बुधबार बजारले २६७२ मा उचाई बनाएको थियो।

दसैंकै कारण काठमाडौंमा रहेकाहरू गाँउ फर्किदै छन्। यसले गर्दा बजार केही समय सामान्य उतारचढावमै देखिने सम्भावना छ। यही कारण बजारमा कारोबार रकम पनि घटेको छ।