२०८१ माघ ३ , बिहिवार

दसैँ बिदामा पनि खुल्नेछन् बैंक लगायत यी अत्यावश्यक सेवा

Nepal-Dashin-swing-1

सुनाखरी न्युज/ काठमाडौं।

दसैँ बिदा बिहीबार देखि सुरु भएको छ । यो सँगै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था लगायत औपचारिक क्षेत्रका संस्थाहरू बिदा भएका छन् ।

बिदा भए पनि  अत्यावश्यक रहेका क्षेत्रले भने दसैँ बिदामा पनि सेवा सुचारु गर्दै आएका छन् । यसरी सेवा सुचारु गर्नेमा नेपाल आयल निगम, नेपाल वायुसेवा निगम, नेपाल विद्युत् प्राधिकरण लगायत सार्वजनिक संस्थादेखि बैंक तथा वित्तीय संस्था समेत रहेका छन् ।

खासगरी बैंक तथा वित्तीय संस्थाले सीमित शाखाहरूमा आलोपालो सेवा दिने गरी व्यवस्था मिलाएका छन् । यसमध्ये केही बैंकले तुलनात्मक रूपमा धेरै शाखा खोलेर सेवा दिने कार्यतालिका बनाएका छन् भने केही बैंकको भने यस्तो तालिका प्रकाशन गरेका छैनन् । शाखा खुला हुने काउन्टरहरूमा रकम जम्मा गर्ने र निकाल्ने सुविधा मात्रै हुनेछ । केही बैंकले भने जम्मा गर्ने र निकाल्ने सीमा समेत तोकेका छन् ।