२०८१ मंसिर १० , सोमवार

दशैंको टिका आज : कुन देशमा कहिले र कति बजे छ साइत ?

Dashain-Tika

 

सुनाखरी न्युज
काठमाडौं । आज बडादशैंको अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ ।

नेपालका लागि टीकाको उत्तम साइत बिहान ११स्३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

 

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।

 

त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ ।

कुन देशमा टीकाको साइत कति बजे छ तलको तालिका हेर्नुहोस्-