२०८१ मंसिर १० , सोमवार

दसैँ मानेर सर्वसाधारण काठमाडौँ फर्कन शुरु, बढ्न थाल्यो चहलपहल

Kathmandu

सुनाखरी न्युज/ काठमाडौँ ।
दसैँ मनाउन काठमाडौँ छाडेर घर गएका मानिसहरु काठमाडौँ फर्कन थालेका छन् । फूलपातीदेखि सुनसान हुने काठमाडौँमा पनि चहलपहल बढ्न थालेको छ ।

यातायात व्यवसायीहरूले यस वर्ष २० लाख मानिसले काठमाडौँ छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् । शोमबार राजधानीको नयाँ बसपार्क बालाजु क्षेत्रमा पुग्दा दसैँका लागि काठमाडौँ छाडेका मानिसहरू दसैँ सकिए लगतै राजधानी फर्किँदै गरेको भेटिए ।
यातायात ब्यवासयइहरुका अनुसार काठमाडौंवाट वाहिर जानेहरुको संख्इा नगन्य भएपछि आइतबार देखि काठमाडौं फर्कनेहरुको संख्या ह्वात्तै बढेको छ ।