२०८१ आश्विन ३० , बुधवार

दशैंमा बन्द भएका सरकारी कार्यालय खुले, सरकारी सेवाहरु नियमित रुपमा सञ्चालन हुने

Singhadurbar

सुनाखरी न्युज/ काठमाडौं ।
दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । आजबाट सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुने छन् ।

सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो

 

बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । आज दशैंपछिको त्रयोदशी हो ।

कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउयने चलन भए पनि कतैकतै पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ । खासगरी मान्यजनबाट टाढा भएकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् ।

यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको छ । कोजाग्रत पूर्णिमामा दशैंघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री बिसर्जन गरेपछि दशैं सकिन्छ ।

दशैं सकिने संघारमा रहेको र सरकारी कार्यालय पनि खुलिसकेकाले गाउँघर गएकाहरु आफ्नो कर्मथलो फर्किने क्रम ह्वात्तै बढेको छ । त्यसैले सडक क्षेत्रमा मानिस र सवारी साधनको चाप पनि बढेको छ ।