२०८१ आश्विन ३० , बुधवार

तोलामा १४०० बढ्यो सुन

Gold

 

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन दशैंपछि  आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ ।

असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ कायम भएको छ ।