२०८१ आश्विन ३० , बुधवार

बीपी राजमार्गमा आजबाट दुईतर्फी सवारी आवागमन खुल्ला

bp rajmarga

सुनाखरी न्युज/ काठमाडौं।

बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा आजबाट साविक बमोजिमकै सवारी आवागमन खुल्ला गरिएको छ। बाढी र पहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि कतै एकतर्फी त कतै दुई तर्फी गरी सवारी संचालन गरिएको थियो।

साना सवारी साधनलाई मात्रै अनुमति दिइएको यस राजमार्गमा आजदेखि भने साविकमा यातायात संचालनका लागि अनुमति पाएका सबै सवारी साधन संचालन गर्न खुल्ला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

आजदेखि राजमार्ग अन्तर्गत् चौकीडाँडा र माम्ती खोला नजिकको डाइर्भसन सुधार गरी दुईतर्फी यातायात संचालनको व्यवस्था मिलाइएको हो।