२०८१ आश्विन ३० , बुधवार

‘सुशासन र भ्रष्टाचार नियन्त्रणका लागिअब कठोर कदम चाल्नै पर्दछ’

Kiran Giri 450300

किरण गिरी-
२०६२-६३को ऐतिहासिक सफल दोस्रो जन आन्दोलन को माध्यम द्वारा नेपाल लाई जनयुद्ध बाट शान्ति प्रक्रियामा अबरतरण गराउदै प्रतिनिधि सभा घोषणा , अन्तरिम संबिधान , बिस्तृत शान्ति सम्झौता , संबिधान सभा निर्वाचन , संबिधान सभा को दोस्रो निर्वाचन , संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान निर्माण , दुई पटक तिनै तहको निर्वाचन सम्पन्न गरेर आजको नवीन नेपाल निर्माण मा यी तपसिलमा उल्ल्खित राजनीतिक दल र नेताहरुको भुमिका तथा योगदान अतुलनिय छ ।
सामन्ती निरंकुशता को अन्त्य गरेर नेपालमा सबै जातजाति , भाषा , धर्म र समुदाय अनि पिछडिएका क्षेत्रको समावेशीता समानुपातिक प्रतिधित्व र पहुच को सुनिश्चितता कायम गर्दै आजको राजनीतिक स्वतन्त्रता अनि बिचार र अभिव्यक्ति स्वतन्त्रता कायम गरेकोमा हाम्रा राजनीतिक दलका तपसिलमा उल्लेखित नेताहरु ( गिरिजाप्रसाद कोइराला , पुष्प कमल दाहाल प्रचण्ड , माधब कुमार नेपाल , झलनाथ खनाल , डा। बाबुराम भट्टराई , खिलराज रेग्मी , सुशील कोइराला , शेरबहादुर देउवा र के पि शर्मा ओलि लाइ हार्दिक नमन सम्मान गर्नै पर्दछ । अनि नेपाली काँग्रेस , नेकपा एमाले , नेकपा माओवादी र मधेसबादी राजनीतिदलहरूको आन्दोलन र योगदान को कारण नै गणतन्त्र नेपाल को निर्माण र संस्थागत बिकास भएको हो ।
तर भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न भने हामी चुकेकै छौ । यो तथ्य आत्मसात गरेर अब पनि हामी र हाम्रा नेताहरु नसुध्रने हो भने राजनीतिक दलका नेताहरु कै कारणले मुलुकमा भयावह परिस्थिति शृजना हुन सक्ने छ ।
अधिकांश राजनीतिक दलका नेताहरुको अत्यन्तै भड्किलो , आलिसान र बिलासी जीवन शैली एबं अपारदर्शी आयश्रोत अकुत सम्पत्ति आर्जन नै आजको राजनीति प्रति आम जनताको बितिष्णा को मुल कारण बन्न पुगेको छ । भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न अब कठोर निर्णय लिनै पर्दछ । केहि राजनीतिक नेता र उनिहरुको परिवार अनि उच्च पदस्थ भ्रष्ट कर्मचारीहरुको तत्कालै सम्पत्ति छानबिन गरि अकुत सम्पत्ति जफत गर्न अब ढिलो गर्नु हुदैन ।
तर अब मुलुकको सुशासन , समुन्नतिको लागी यिनै नेताहरुले आफू र आफ्नो पार्टीमा व्यापक सुधार र परिमार्जन गर्दै निर्मम भुमिका र जिम्मेवारी बहन गर्नै पर्दछ । हामीले नगरे , कसले गर्ने रु अहिले नगरे , कहिले गर्ने रु
आजै बाट हामी सबै यस अभियानमा लाग्नु जरुरी छ ।
इतिहासको भुमिकाको मुल्यांकन , बर्तमानको जिम्मेवारी अबलोकन र भबिस्यको खबरदारी र सुनिश्चितता गर्ने दायित्व र जिम्मेवारी नयाँ र युवा पुस्ता हरुकै हो , हाम्रो नै हो ।

गिरी नेपाली काँग्रेसका पुर्ब केन्द्रिय सदस्य र हाल महासमिति सदस्य हुन ।