२०८१ आश्विन ३० , बुधवार

इजरायल–लेबनान तनाव : ८५० नेपाली शान्ति सैनिक बंकरमा

Nepal-Army_-UN-Lebanon-1024×660

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएपछि  शान्ति सैनिक बंकरमा सरेका छन् ।

संयुक्त राष्ट्रसंघले ‘सेक्युरिटी लेभल ३’ लागू गराएपछि यूएन प्रोटोकल अनुसार सोमबारदेखि नेपाली शान्ति सैनिक बंकरमा सरेको नेपाली सेना उच्च स्रोतले बतायो । यद्यपि, यो प्रोटोकल कति लामो समयसम्म रहन्छ भन्ने खुलाइएको छैन ।

 

जंगीअड्डाका अनुसार, लेबनानमा ८७७ नेपाली सैनिक रहे पनि २७ जना हेडक्वार्टरमा विभिन्न तहमा कार्यरत छन् ।

‘बाहिरको अवस्था अनुसार, यूएन हेडक्वार्टरले सुरक्षा प्रोटोकल १, २ र ३ मा छुट्याउँछ, त्यसमा के गर्न पाइने, नपाइने भन्ने मापदण्ड नै बनेका छन्’ एक सैन्य अधिकारीले भने, ‘त्यसअनुसार ३ नम्बरमा हुँदा फौजले बाहिर निस्किन पाउँदैन, २ मा हुँदा तोकिएअनुसार निश्चित अवधिका लागि बाहिर हिंड्न मात्र पाइन्छ ।’ दुवै अवस्थामा अपरेशनल गतिविधि भने ठप्प रहने छ ।