२०८१ आश्विन ३० , बुधवार

आजको मौसम: गण्डकी, कोशी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना

weither

सुनाखरी न्युज/ काठमाडौं ।

देशभर हाल  पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ ।

साथै गण्डकी प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।