२०८१ आश्विन ३० , बुधवार

तीव्ररुपमा फैलिदै डेङ्गु : संक्रमितको संख्या दिन प्रतिदिन बढ्दोक्रममा

dengue

सुनाखरी न्युज/ काठमाडौं ।
डेङ्गु सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। ईपिडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्कअनुसार देशभर  डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको हो । महाशाखाका अनुसार डेङ्गु सङ्क्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् ।

डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने चिकित्सकहरू बताउँछन्।

 

डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौं प्रभावित भएको छ। काठमाडौंमा हालसम्म ३ हजार १०३ जनामा डेंगु संक्रमण देखिएको छ।

यस्तै कास्कीमा २ हजार ८४७ जना , तनहुँमा २ हजार १०७ जना, पर्वतमा १ हजार ५६२ जना,चितवनमा ९ सय ७१ जना, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा ३५५ तथा स्याङ्जामा ३३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।