सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजारको परिसूचक नेप्से बुधबार ४३.२२ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २७४२ अंकमा कायम भएको छ ।
कारोबारका क्रममा साढे १ बजे बजार अधिकतम २७४८ अंकसम्म पुगेको थियो । त्यस्तै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडको भयो ।
कुल २०६ कम्पनीको मूल्य बढ्दा ३५ को घट्यो भने ३ को स्थिर रह्यो ।