२०८१ आश्विन ३० , बुधवार

कात्तिक २–३ गते भिटामिन र जुकाको औषधि खुवाइँदै

Vitamin

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी कात्तिक २ र ३ गते देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । बालबालिकाहरूलाई  राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत औषधि खुवाउन लागिएको हो ।

साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।