२०८१ कार्तिक २ , शुक्रवार

सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली

KP-Oli-Prahari-diwash

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् ।

 

अब आफूले करिव एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले बताए । एमाले अध्यक्ष समेत रहेका ओलीले भने, मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार ।’

देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे । कांग्रेस र एमाले मिलेर सरकार बनेको भन्दै ओलीले भने, ‘यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्न्ने सुनिने गरेको बताए । ‘दशैंपछि तुरुन्त परिर्वतन हुन्छ रे’, उनले अगाडि भने, ‘कुन दशैं भन्या  ? ०८४ को दशैंपछि चुनावमा ? ठीकै हो ।’

 

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबल, सक्षम बनाउनेमा आफूहरुको ध्यान रहेको समेत बताएका छन् ।