२०८१ कार्तिक २ , शुक्रवार

हिन्दु राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छ : बालेन शाह

balen-shah_VKRwucirf4

सुनाखरी न्युज/ काठमाडौं।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत मेयर शाहले बुधवार  भनेका छन्– ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ । हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’

उनले आफ्नो ठाउँ नै नरहेपछि गाउँ मासेर बनेको सहरको काम नभएको बताउँदै आफ्नो भाउ नै नभए पनि नाउँ बेचेर बनेको रहरको पनि काम नहुने बताएका छन् ।