२०८१ कार्तिक २ , शुक्रवार

सेयर बजार २७४५ अंकमा पुग्यो, बढ्यो कारोबार रकम

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजार  साताको अन्तिम कारोबार दिन सामान्य अंक बढेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो कारोबार भइरहँदा २ः १० बजे बजार २७८० अंकसम्म पुगेको थियो । त्यसपछि बजार ओरालो लाग्दा वृद्धि खुम्चिन पुग्यो ।

 

बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो ।