२०८१ कार्तिक २ , शुक्रवार

‘१२ गाउँ’’को कमाइ १० करोड नाघ्यो

12-gaun-1723783900

 

सुनाखरी न्युज/ काठमाडौं।

चलचित्र ‘१२ गाउँ’को एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । फूलपातीको दिन रिलिज भएको चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो । “हाम्रो चलचित्रले एक हप्तामा १० करोड ५ लाख कलेक्सन गरेको छ,” ‘१२ गाउँ’का वितरक गोविन्द शाहीले बाह्रखरीसँग भने । त्यसयताको कलेक्सन रिपोर्ट केही दिनमा सार्वजनिक गर्ने उनले बताए ।

बिराज भट्टले निर्देशन गरेको चलचित्रमा बिराजसँगै समीर भट्ट मुख्य भूमिकामा छन् । फूलपातीका दिन नै रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा–५’ले एक हप्तामा १० करोड रुपैयाँ ग्रसकलेक्सन भएको बताएको थियो । छक्कापञ्जा ५ भन्दा धेरै शो पाइरहेको ‘१२ गाउँ’ कमाइमा पनि अगाडि रहेको छ । फूलपातीका दिन नै रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा–५’ले एक हप्तामा १० करोड रुपैयाँ ग्रसकलेक्सन भएको बताएको थियो ।

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले यो चलचित्रबाट डेब्यू गरेका छन् । विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाले चलचित्रमा अभिनय गरेका छन् ।