२०८१ कार्तिक २ , शुक्रवार

सरकारले दल फुटाउन अध्यादेश ल्याउन लागेको प्रतिपक्षी दलहरूको आशंका

meeting-prahchanda-1024×683

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिपक्षी दलहरूले दल फुटाउन सरकारले  अध्यादेश ल्याउने तयारी गरेको आशंका व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा उक्त विषयमा छलफल भएको हो ।

 

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर सरकारमै रहेका साना दलसमेत फुटाउन लागेको भन्ने आशंका आफूहरूलाई लागेको बताए ।सरकारमा रहेका साना दल भने पनि कुन-कुन दल हुन् भन्नेबारे उनले केही भनेनन् ।

यसै विषयमा प्रतिपक्षी दलहरूले सरकार, सभामुख र राष्ट्रपतिसमेतको ध्यानाकर्षण गराउने पनि उनले बताए ।