२०८१ कार्तिक २ , शुक्रवार

रवि लामिछाने पक्राउ पर्न सक्ने विपक्षी दलहरूको भनाई

kp deuba prachanda

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन् । प्रतिपक्षी दलहरूको बैठकमा अध्यक्ष दाहालले शुक्रबार  रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको बताएका हुन् ।

समसामयिक विषयमा छलफल गर्न भन्दै प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले शुक्रबार विपक्षी दलहरूको बैठक बोलाएका थिए । उनले तीन दलको बिहीबार भएको बैठकको कुराकानीबाट त्यस्तो आशय पाएको उल्लेख गरेको एक नेताले बताए ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए । लोसपा चाहिँ सत्तारुढ दल हो । बैठकमा रास्वपा सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णीम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी थिए ।