२०८१ मंसिर ८ , शनिवार

४७ अंकले घट्यो नेप्से, ८ अर्ब १८ करोडको कारोबार

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

आइतबार सेयर बजार परिसूचक (नेप्से) ४७.४४ अंकले घटेको छ । २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा ओर्लिएको थियो ।

त्यसपछि तीव्र उतारचढावका बिच आइतबार नेप्से २७४८ को उच्च बिन्दुसम्म उक्लिएको थियो । अन्तिममा २६९८ बिन्दुमा आएर कारोबार रोकिएको छ ।

आइतबार १८ कम्पनीको मूल्य बढेको छ । २२६ कम्पनीको मूल्य भने घटेको छ । आइतबार कुल २ करोड ८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।