२०८१ पुष ८ , सोमवार

किरण राणा र सुन्दरप्रसाद ह्योजु एआईजी बढुवामा सिफारिस

Kiran-rana-sundarprasad-hyoju

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु रहेका छन् ।

 

बढुवा समितिको आइतबार बसेको  बैठकले उनीहरूको नाम सिफारिस गरेको समितिका सदस्य सचिवसमेत रहेका एआईजी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।