२०८१ मंसिर ९ , आइतवार

सुनको मुल्य इतिहासकै बढी, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा सुनचाँदीको भाउ बढेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए । यतिबेला प्रमुख दुई कारणले सुनको भाउ बढाएको छ । पहिलो– मध्यपूर्वी युद्ध र दोस्रो– अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितता ।

सुन तोलामा ६ सय रुपैयाँ महँगिएको छ । यस दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ६५ हजारमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी प्रतितोला २०९५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २०७५ रुपैयाँ थियो ।