२०८१ मंसिर ७ , शुक्रवार

काठमाडौँको वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंमा वायु प्रदूषणको स्थितिमा विश्वकै सबै भन्दा खराब शहरहरूको सूचीको शीर्ष आठौँमा परेको छ । काठमाडौँको वायुको गुणस्तर पनि बिग्रँदो छ । सोमबार बिहान ९ बजेको मापन अनुसार वायुको गुणस्तर सूचकाङ्क १४८ रहेको छ ।

त्यस्तै दिल्लीमा फेरि एकपटक वायुको गुणस्तर स्तर ‘अत्यन्तै खराब’ को श्रेणीमा रेकर्ड गरिएको छ। राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ ।

यस वर्ष पनि जाडो सुरु भएसँगै दिल्लीको हावाको गुणस्तर खस्किन थालेको छ । सोमबार दिल्लीका अधिकांश ठाउँमा वायुको गुणस्तर सूचकाङ्क २५० भन्दा माथि थियो। जुन ‘खराब’ को श्रेणीमा पर्छ।