२०८१ मंसिर १० , सोमवार

संघीय संसद्ले भारतसँग माग्यो ३८ वटा कारसहित ७५ वटा मोटरसाइकल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संघीय संसद् सचिवालयले सभामुख लगायत संसद्का पदाधिकारी र कर्मचारीका लागि भारतसँग सुविधा सम्पन्न सवारी साधन मागेको छ । संघीय संसद् सचिवालय स्रोतका अनुसार भारतीय दूतावाससँग सुविधा सम्पन्न करिब ३८ वटा कार र ७५ वटा मोटरसाइकल मागिएको हो ।

संसद सचिवालयले अर्थ मन्त्रालयमार्फत भारतीय सहयोगका लागि पहल गरेको हो ।भारतीय सहयोगमा सवारीसाधन प्राप्त हुने गरी पहल भएको र अर्थ मन्त्रालयमार्फत सहयोगस्वरुप सवारीसाधन प्राप्तीका लागि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ ।

भारतीय दूतावास मार्फत सवारी साधन उपलब्ध हुने निश्चितजस्तै भएको तर सिधै संसद् सचिवालयलाई नदिई अर्थ मन्त्रालयको बाटो हुँदै दिन खोजेको स्रोतको भनाइ छ । त्यसका लागि अर्थ मन्त्रालयसँग सहमति खोजिएको छ ।