सुनाखरी न्युज/ काठमाडौं ।
लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेल गण्डकीको वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पाैडेललाई सोमबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । नेपाली कांग्रेस लमजुङका पूर्व सभापति पौडेल लमजुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन्।
स्वतन्त्र सांसद दीपक मनाङेले राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो । पौडेलले मन्त्रीका रुपमा सोमबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिने कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।