२०८१ मंसिर १० , सोमवार

रवि लामिछानेको बचाउमा आज पनि पोखरामा रास्वपाको प्रदर्शन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउको विरोधमा सोमबार तेस्रो दिन पनि पोखरामा विरोध प्रदर्शन गरेको छ ।थ्वीचोकमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।

आइतबार पनि सो पार्टीले सहिदचोकमा प्रदर्शन भएको थियो । लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ ।

रास्वपा नेता कार्यकर्ताहरू शनिबारदेखि पोखरामा केन्द्रीत भएका छन् । अदालतले रास्वपा सभापति रवि लामिछानेलाई बुधबारसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । बुधबारसम्म नियमित विरोध प्रदर्शन जारी राख्ने नीति विभागका सचिव कमल सुवेदीले जानकारी गराए ।