सुनाखरी न्युज/ काठमाडौं ।
गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका पौडेललाई वनमन्त्री नियुक्त गरेका थिए । वरियतामा असन्तुष्टि जनाउँदै दीपक मनाङेले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली थियो ।