२०८१ मंसिर ८ , शनिवार

भारत र चीनबीच सिमानामा गस्तीसम्बन्धी सम्झौता

India-and-China-Flag

सुनाखरी न्युज/ काठमाडौं ।

भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा एक सम्झौता भएको छ ।

सोभारतीय विदेश सचिव विक्रम मिस्रीले मबार  पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार भारत–चीनबीच कूटनीतिक र सैन्य स्तरमा भएको वार्ताको नतिजा हो हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २२–२३ अक्टुबरमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गर्नुअघि सोमबार भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा अर्थात् एल।सी।मा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको जानकारी दिएको हो ।

 

 

यद्यपि यस सम्झौताको विषयमा विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । तर कतिपयले यसलाई दुई देशबीचको सम्बन्ध सुधारको संकेतको रुपमा हेरेका छन् । त्यसो त यस्ता सम्झौता विगतमा पनि भएका थिए तर सीमा क्षेत्रमा भारत र चीनबीचको तनाव अन्त्य भने भएको छैन ।