सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य ३०० बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।