२०८१ मंसिर १० , सोमवार

प्रमुख सचेतक, सचेतक, समिति सभापतिहरूसँग छलफल गर्दै सभामुख

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दफावार छलफलका लागि विधेयक रहेका संसदीय समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल थालेका छन् ।

मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल जारी छ ।संसदको आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभापतिहरूसँग सभामुखले छलफल गरेका हुन्।अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्‍याउनसमेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएका छन्।

बैठकमा उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन् ।