२०८१ पुष ७ , आइतवार

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बजारमा अण्डाको मूल्य बढेको छ। व्यवसायीहरूका अनुसार मागअनुसारको उत्पादन नहुँदा मूल्य बढेको हो। हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ।

किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।अहिले उपभोक्तालाई अण्डा प्रतिक्रेट २० रूपैयाँदेखि ४० रूपैयाँसम्म बढेको टोखा–भण्डारी टोलस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए।

हाल उपभोक्ताले मध्यम आकारको अण्डाको लागि प्रतिक्रेट ४ सय ९० रूपैयाँ तिर्नुपर्छ।त्यस्तै, ठूलो अण्डा पाँच सय २० रूपैयाँसम्म पर्छ भने एक्सेल अण्डाको मूल्य प्रतिक्रेट पाँच सय ३० देखि ४० रूपैयाँ छ। मागअनुसार उत्पादन नहुने हो भने अझै अण्डाको मूल्य बढ्ने उनको भनाइ छ।