सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा २५.८८ अंकको वृद्धि देखिएको छ । आइतबार र सोमबार उच्च अंकले घटेको बजार आज दोहोरो अंकले बढेको हो ।
यसैगरी मंगलबार परिसूचकमा तीव्र उतारचढाव देखियो । २६४० बिन्दुबाट सुरु भएको बजार केही क्षणमै २६६९ बिन्दुमा उक्लिएको थियो । त्यसपछि पनि तीव्र उतारचढाव देखिएको बजार अन्ततः २६६५.८१ बिन्दुमा पुगेर रोकिएको छ ।
परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । आज कुल १ करोड ९ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।