२०८१ मंसिर ६ , बिहिवार

२२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण, ११ को मृत्यु

dengue

सुनाखरी न्युज/ काठमाडौं ।

२२ हजार ८२ जनामा डेंगु सङ्क्रमण भएको छ । सोमध्ये ११ जनाको मृत्यु भएको हो ।यस्तै, डेंगु सङ्क्रमण ७७ जिल्लामध्ये ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ ।

डेंगु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म ३ हजार ५ सय ९४ जना प्रभावित भएका छन् ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।