२०८१ मंसिर ८ , शनिवार

प्रधानमन्त्री ओलीले बोलाए सत्तारुढ दलको बैठक, के के छन् एजेण्डा ?

KP_OLI

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे बैठकमा  छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।