२०८१ मंसिर ९ , आइतवार

कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अनवरतरुपमा नवप्रवर्तनमा आधारित उत्कृष्ठ सेवा प्रदान गरिरहेको कुमारी बैंकले आउदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्व सम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो ।

भाई टिका तथा किजा पूजाकोे दिनमा मोबाईल बैकिङ्गबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रु. ५० क्यासब्याक प्रदान गरिने गरिने बैंकले जनाएको छ । अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम रु. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तिय कारोबारहरु विद्युतिय भुक्तानीका माध्यमहरुबाट गर्न आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।