२०८१ माघ २ , बुधवार

तीन महिनामा आयात र निर्यात दुवै घट्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६.११ प्रतिशतले निर्यात घटेको छ ।

तीन महिनाको अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ घाटा भएको छ । आयात–निर्यात दुवै घटेकाले यो घाटा गत आवको तीन महिनाको तुलनामा ३.९६ प्रतिशतले कम हो ।

साउनदेखि असोजसम्म तीन खर्ब ९० अर्ब ७५ करोड रूपैयाँ बराबरको सामान आयात भएको छ। गत वर्ष यसै अवधिमा चार खर्ब सात अर्ब ७५ करोड रूपैयाँ बराबरको आयात भएको थियो। ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।