सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बुधबार घटेको छ। नेप्सेको वृद्धि दोस्रो दिन नै टिक्न नसकेको हो। मंगलबार २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको नेप्से बुधबार २०.४१ अंकले ओरालो लागेको हो।
यसदिन नेप्से २६४५.३९ विन्दुमा बन्द भएको छ।बुधबार कारोबार रकममा भने वृद्धि भएको छ।गत कारोबार दिन अर्थात् मंगलबार चार अर्ब १७ करोडको कारोबार भएकोमा यसदिन छ अर्ब २७ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब १० करोड रूपैयाँ वृद्धि भएको हो।आज ३२४ वटा धितोपत्रको एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच भएको हो।