२०८१ पुष ८ , सोमवार

इङ्गल्यान्डका प्रतिभाशाली विकेटकिपर एवम् ब्याट्सम्यान टम मोर्स लुम्बिनी लायन्समा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इङ्गल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान र विकेटकिपर टम मोर्स लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । सन् २०१६ देखि फस्र्ट क्लास ए लिस्टमा आफ्नो प्रभावशाली प्रदर्शन देखाउँदै आएका उनी यही मङ्सिर १५ बाट हुन गईरहेको नेपाल प्रिमियर लिगको लागि क्लबमा अनुबन्धित भएका हुन् । २८ वर्षीय मोर्सले सन् २०२३ देखी टी–२० क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्दै आएका छन् ।मोर्स काउन्टी, बिपिएल, एलपिएल, पिएस्एल लगायत विभिन्न लिगहरु खेलिरहेका उत्कृष्ट लयमा रहेका विकेटकिपर तथा ब्याट्सम्यान हुन् ।

१२८ वटा विभिन्न फ्रेन्चाइजी टी–२० खेलिसकेका उनले २३.३४ औसतमा २३२१ रन हानेका छन् । उनको ८० रनको अविजित उच्च स्कोर रहेको छ ।फस्र्ट क्लास क्रिकेटमा ७८ खेल खेलेका उनले १२३ इनिङमा ७ पटक ब्याटिङ गर्दै अविजित २६८१ रन बनाएका छन् । त्यस्तै १०६ को सर्वाधिक स्कोर बनाएका उनले लामो इनिङ खेल्न सक्ने पनि आफ्नो क्षमतालाई पनि सावित गरेसकेका छन् । कुल ५२४५ बलमा उनको औसत ब्याटिङ २३.१ रहेको छ । अहिलेसम्मको आफ्नो करिअरमा २ शतक र ८ अर्धशतक बनाएका मोर्सले ३८५ चौका र ३९ छक्का प्रहार गरेका छन् ।

“उनको आगमनले टिमको ब्यालेन्स अझ मजबुत भएर हामीलाई आफ्नो लक्ष्यमा पुग्न सहज हुनेछ,” लुम्बिनी लायन्सका कन्सल्ट्यान्ट कोच शक्ति गौचनले भने।त्यस्तै क्लबका मालिक इश्वर जिसीले भने, “हामी यसै गरी हाम्रो क्लबमा आवश्यक अन्तरर्राष्ट्रिय प्रतिभाहरु घोषणा गर्दै जानेछौँ । राष्ट्रिय र अन्तरर्राष्ट्रिय प्रतिभाहरुलाई क्लबमा सामेल गराएर हामी उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई शिखरमा पु¥याउने छाँै र समस्त लुम्बिनीबासीहरुलाई गौरवान्वित बनाउने छौँ ।”

मोर्सले लिस्ट ए क्रिकेटमा २९ खेल खेलेका छन् जसमा २६ इनिङमा ६ पटक अविजित रहँदै ७७६ रन बनाएका छन् । ७६ को सर्वाधिक स्कोर र ३८.८ को औसतले उनको निरन्तरता देखाउँछ । ६९३ बल खेलेर उनले ११२.० को उत्कृष्ट स्ट्राइक रेट बनाएका छन् । यो फम्र्याटमा उनले ५ अर्धशतक र ७१ चौका तथा ३५ छक्का प्रहार गरेका छन् ।टी–२० क्रिकेटमा उनले १३३ खेल खेलेका छन् जसमा १२० इनिङमा ब्याटिङ गर्दै २७ पटक अविजित रहँदै २२३२ रन बनाएका छन् । ४० को सर्वाधिक स्कोर र २४.० को ब्याटिङ औसतले छोटो फम्र्याटमा उनको योगदानलाई देखाउँछ । १६८७ बल खेलेर उनले १३२.३ को सशक्त स्ट्राइक रेट राखेका छन्। टी–२० मा उनले ८ अर्धशतक, १८२ चौका र ९६ छक्का प्रहार गरेका छन् । विकेटकिपरको रूपमा उनले १२० इनिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । फस्र्ट क्लास क्रिकेटमा उनले २२० क्याच र ५ स्टम्पिङ गरेका छन् भने लिस्ट ए मा उनले २७ क्याच र ५ स्टम्पिङ गरेका छन् । टी–२० फम्र्याटमा उनले ६५ क्याच र १९ स्टम्पिङ गरेका छन् ।