२०८१ मंसिर १० , सोमवार

म्याद थप गर्न रवि र छविलाई लगियो अदालत

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

संगठित अपराध र सहकारी ठगी कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।

बिहीबार बिहान दुवै जनालाई अदालतमा उपस्थित गराइएको छ।आइतबार उनलाई अदालतमा उपस्थित गराउँदा ६ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद बुधबार सकिएपछि पुन: अदालतमा उपस्थित गराइएको हो।