सुनाखरी न्युज/ काठमाडौं ।
गत वर्षको सुपरहिट फिल्म ‘जारी’ लाई युट्युबमा पनि निकै रूचाइएको छ।दसैंको अवसर पारेर युट्युबमा ल्याइएको फिल्मलाई दुई सातामा १ करोड पटक हेरिएको छ।
दयाहाङ राई र मिरूना मगर अभिनीत यो फिल्म युट्युबमा सार्वजनिक भएको छोटो समयमै ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको थियो। युट्युबमा फिल्म हेर्ने दर्शकले यसको मौलिक कथावस्तु, प्रस्तुति र अभिनयको प्रशंसा गरेका छन्।
‘जारी’ लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ र मिरूनासहित प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, अनिल सुब्बा लगायतको पनि अभिनय छ। रामबाबु गुरूङ फिल्मका निर्माता हुन्। ‘जारी’ ले नेपालमा १७ करोडमाथिको व्यापार गरेको थियो।