२०८१ मंसिर ८ , शनिवार

सेयर बजार २६२७ अंकमा झर्‍यो, कारोबार रकम पनि घट्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।यसदिन नेप्से १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा बन्द भएको छ।

बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार छ अर्ब २७ करोडको कारोबार भएकोमा यसदिन पाँच अर्ब ४१ करोडको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८६ करोड रूपैयाँ कमी आएको हो।आज ३१७ वटा धितोपत्रको एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, सात कम्पनीको मूल्य स्थिर रहेको छ।