२०८१ मंसिर ८ , शनिवार

रविविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

Rabi

सुनाखरी न्युज/ काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । रुपन्देही जिल्ला अदालतले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । प्रहरीले बिहीबार थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पनि लिएको छ ।