सुनाखरी न्युज/ काठमाडौं ।
शुक्रबारदेखि हलमा दुई नयाँ विदेशी र एक नेपाली फिल्म रिलिज भएका छन् । टम हार्डी स्टारर हलिउड सुपरहिरो फिल्म ‘भेनम : द लास्ट डान्स’ र भारतको हरर ड्रामा ‘कालिंगा’ रिलिज भएका छन् ।
सिद्धार्थ पुडासैनी निर्देशित ‘सानो संसार’लाई पुनः प्रदर्शन गरिएको छ । यसअघि लगातारको झरीले प्रभावित बनेको यो फिल्मलाई अनुकूल मौसम हेर्दै निर्माताले शुक्रबारदेखि देशव्यापी रि-रिलिज गरेका हुन् ।
१४३ मिनेट रनटाइमको ‘सानो संसार’ले मध्यमवर्गीय आशा, सपना, संघर्ष र नियतिको कथा पेश गर्छ । सोसल ड्रामा विधाको यो फिल्ममा शिशिर सिवाकोटी, अनु दाहाल, सीतादेवी तिमल्सिना, अञ्जसा रिजाल, राज पंगेनीको अभिनय छ ।