२०८१ मंसिर ८ , शनिवार

सभापति पक्राउको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’लेखिएको प्लेकार्डसमेत बोकेका छन् ।

लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए ।