सुनाखरी न्युज/ काठमाडौं ।
राजेन्द्र महतोको अध्यक्षतामा गठन भएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल आज विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता हुन गइरहेको छ । तर निर्वाचन आयोगले पार्टीको नाममा क्रान्ति राख्न नदिएपछि पार्टीको नाम राष्ट्रिय मुक्ति पार्टी नेपाल राख्ने भएको छ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालको नामबाट दर्ता हुने सो पार्टीको केन्द्रीय कार्यसमिति १८१ सदस्यीय हुने बताइएको छ । हाललाई राजेन्द्र महतो अध्यक्ष रहने अरु बाँकी सबै जना सदस्य रहने बताइएको छ ।
उनी यसअघि नेपाल सद्भावना पार्टीबाट अलग भएर आफ्नै नेतृत्वमा सदभावना पार्टी गठन गरेका थिए । राजपा, जसपा, लोसपा हुँदै अहिले आफ्नै नेतृत्वमा राष्ट्रिय मुक्ति नेपाल पार्टी दर्ता गराउन लागेका छन् ।