२०८१ पुष २६ , शुक्रवार

बाढी पीडितलाई सिप्रदियन सहायता संस्थाद्वारा काभ्रेपलाञ्चोकमा राहत वितरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पाँचखाल नगरपालीका, काभ्रेपलाञ्चोकमा बाढीद्धारा प्रभावीत परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।

सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसी जंग बस्नेत, रोज क्षेत्री, गोबिन्द उपाध्याय, रजत श्रेष्ठ, बिमल गौतम लगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुप प्रती घर डसना, सिरानी, झुल, जग, वाल्टिन, गिलास र थाल बितरण गरियो । कार्यक्रममा नगरपालिकाको तर्फबाट संजय तामाङ्ग, अच्यूत उप्रेती लगाएतको उपस्थीति रहेको थियो ।

सिप्रदीयन सहायता संस्थाबारे जानकारी
सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो ।

यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ ।

साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पु¥याउने निष्ठा राखेको छ । यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालिन उद्धार, सहयोग तथा पूनव्र्यस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।