२०८१ मंसिर १० , सोमवार

काठमाडौंमा बढ्यो वायु प्रदूषण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । अहिले बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा छ ।सो क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ सिस्टममा उल्लेख छ ।

शंखपार्क क्षेत्रको वायुको गुणवत्ता खराब रहेको भनेर सुन्तला रंगले संकेत गरिएको छ ।यसैगरी रत्नपार्क, भक्तपुर र दाङ देउखुरी क्षेत्रमा पनि प्रदूषित वायु रहेको वातावरण विभागले जनाएको छ ।

अहिले पोष्ट मनसुन अवधिमा काठमाडौंमा पानी समेत नपरेकाले वायु प्रदूषण बढेको हो ।साथै छिमेकी देश भारततर्फबाट प्रदूषित हावा नेपालसम्म आइपुग्दा पनि वायु प्रदूषण बढ्ने गर्दछ । भारतमा केही दिनयता वायु प्रदूषण ह्वात्तै बढेको छ । राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा वायु प्रदूषणको लेभल बढ्दै गएको छ ।