२०८१ मंसिर ८ , शनिवार

साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि फेरि नेपाल र बंगलादेश भिड्ने

Saaf Women Nepal

सुनाखरी न्यु्ज/ काठमाडौं ।

साफ वुमन्स च्याम्पियनसिप २०२४ को लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । फाइनल खेल बुधबार हुनेछ ।

नेपाल र बंगलादेशले आईतबार सेमिफाईनल जित्दै फाईनल भेट पक्का गरेका हुन् । यसअघि २०२२ मा काठमाडौं मै भएको साफमा पनि यी दुई टोली भिडेका थिए । जहाँ नेपाललाई हराएर बंगलादेश पहिलो पटक च्याम्पियन बनेको थियो ।

 

सातौं संस्करणको च्याम्पियनसिपको आईतबारको पहिलो सेमिफाईफाईनलमा साविक विजेता बंगलादेशले भुटानलाई ७-१ ले हराएर फाईनफमा स्थान बनाएको हो । घरेलु टोली नेपालले भने तनावग्रस्थ सेमिफाईनलमा पाँच पटकको विजेता भारतलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै फाईनल पुगेको हो ।

नेपाल समग्रमा छैटौं पटक र बंगलादेश तेस्रो पटक फाइनल पुगेको हो । लगातार तेस्रो पटक घरेलु मैदानमा साफ वुमन्स च्याम्पियनसिप खेलिरहेको नेपाली टोद्यी यस पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।