२०८१ मंसिर ९ , आइतवार

काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा बम राखेको सूचना प्रहरीले थाल्यो जाँच

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ। सोमबार अपराह्न दिल्ली उड्न लागेको जहाजमा बम राखिएको सूचना आएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।उनका अनुसार यसबारे बुझ्ने काम भइरहेको छ।

‘आज अपराह्न ३: १२ बजे एयर इन्डिया २१५ जहाज अवतरण गरेको थियो। उक्त जहाज अवतरण भइसकेपछि १६९ मध्ये ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको हो,’ उनले भने।नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गरिरहेका छन्। उक्त जहाज आज अपराह्न ३:५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो।

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन ।पछिल्लो समय भारतका विभिन्न जहाजमा बमको गलत सूचना फैलाएर उडान तालिका नै प्रभावित बनाइरहेको छ।