सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महसंघले गलत र भ्रामक सूचनाको बिश्वास नगर्न सम्पूर्ण ब्यवसायी तथा शुभचिन्तकहरुमा आग्रह गरेको छ । झुटा सूचना र अफवाह फैलाएर आम सुनचाँदी ब्यवसायीहरुलाई झुक्याउने र भ्रममा पार्न खोजिएको प्रति महासंघले चासो राखेको हो ।
महासंघका अध्यक्ष अर्जुन रसाइलीले महासंघका साथसाथै देशभरका सुनचाँदी ब्यवसायीलाई गुमराहमा राख्नेगरी झुटा र भ्रामक गतिविधीको प्रचार प्रसार गरिएकोमा महासंघको चासो ब्यक्त भएको बताउनुभयो । सुन सिफारिस सम्वन्धी विगतमा जसरी नै सवै काम महासंघले नै गर्ने बताउँदै झुटा र भ्रामक गतिविधीको पछि नलाग्न र यस्ता गतिविधीमा लाग्नेहरुले गरेको भ्रमको खेती चिर्न पनि उहाँले आग्रह गर्नुभयो ।
महासंघका प्रथम उपाध्यक्ष तथा सुन सिफारिस समितिका सभापति धर्मशुन्दर बज्राचार्यले महासंघलाई वद्नाम गर्न केही ब्यीक्त लागि परेको उल्ल्ेख गर्दै यस्ता गतिविधिमा कुनै सत्थ्यता नरहेको प्रष्ट पार्नुभयो ।
विगत केही दिनदेखि महासंघकै एउटा सदस्य संस्थाले नेपाल सुनचाँदी ब्यवसायी महसांघले गर्दै आएको उपत्यका वाहिरको सुन सिफारिस गर्ने भन्ने भ्रम फैलाइएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आफ्नै स्थापना देखि निरन्तररुपमा देशभरका ७७ जिल्ला नगर सञ्जालमा आवद्ध ब्यवसायीहरुलाई सुनसिफारिस गर्दै आएका छौं । जसन कुरा महासंघ गठनकै वखत महासंघले गर्ने गरी औपचारिक निर्णय भैसकेको छ ।
नेपालीहरुको महानपर्व शुभ दिपावली तथा छठ पर्वको अवसरमा हार्दिक शुभ कामना ब्यक्त गर्दछौं ।